Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा

0 61

०९ बैशाख, काठमाडौं । नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो । पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो ।

अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए । अर्का ओपनर अरुदिनलाई सोमपालले नै आफ्नो स्पेलको दोस्रो ओभरमा कटविहाइन्डमा करण केसीको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि मैदानमा आएका कप्तान अहमद फाइज र विरन्दिप सिंहले मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, कप्तान फाइज आठौं ओभरको दोस्रो बलमा आउट हुन पुगे । उनी सुशन भारीको बलमा लङअनमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका थिए । फाइजले २१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३१ रनको योगदान दिएका थिए ।

विकेटको रुपमा मलेसियाले शर्विन मुनियान्दीलाई गुमायो । ३ रनमा खेलिरहेका उनी कमल सिह ऐरीको बलमा एलबिडब्लु आउट भए । यो कमलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो ।

पाँचौ विकेटको रुपमा विरन्दीप सिंह आउट भए । उनलाई कमलले नै गरेको नवौं ओभरको अन्तिम बलमा गरेको लामो सटमा आसिफले शेखले क्याच गर्दै पेभिलियन फर्काएका थिए । उनले १८ बलमा २ चौका सहित १३ रनको योगदान दिए ।

त्यसपछि मैदान आएका अमिनुद्धीन राम्ली र अइनुल हाफिजले मलेसियाको इनिङ सम्हाले । अमिनुद्धीन र आफिजले ५० रनको साझेदारी गरे । तर, अमिनुद्धीन १४ औं ओभरको तेस्रो बलमा लङअफमा क्याच आउट हुन पुगे । उनी सन्दीप लामिछानेको ओभरमा लामो सट खेल्ने चक्करमा सोमपाल कामीको हातबाट क्याच हुन पुगेका थिए ।

अमिनुद्धीनले सर्वाधिक ४१ रनको योगदान दिए । उनले मात्र १८ बलको सामना गर्दै १ चौका र ५ छक्का सहित ४१ रन जोडेका हुन् । फित्रि शामले १४ रन जोडे । उनी सन्दीपको स्पेलको चौथो ओभरको पहिलो बलमा नै सन्दीप स्वयमले क्याच गर्दै फित्रिलाई सातौ विकेटको फेभिलियन फर्काएका थिए ।

नेपालका लागि प्लेयर अफ दि म्याच बनेका सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । सोमपालले चार ओभर बलिङ गर्दै मात्र २० रन खर्चेर तीन विकेट लिएका हुन् ।

समान ओभर बलिङ गर्दै सन्दीपले ४२ रन खर्चेर तीन विकेट लिएका थिए । कमलले ३.१ ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.