Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तारकेश्वर नगरपालीकामा बिकास गर्न बजेट छैन, घुमफिरमै लाखौं सिध्यायो, सामान्य कार्यक्रम गर्न धुलीखेलमा डिनर पार्टी

0 113

रबिन थपलिया

०८ बैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा काठमाण्डौंको तारकेश्वर नगरपालीका जनप्रतिनिधि र कर्मचारीहरु सरकारी पैसा सिध्याउन बिभिन्न बहानामा भ्रमणमा कुंदीरहेका छन् ।

दुई साता अघि रारा भ्रमणको नाममा १० लाख बढी रकम खर्च गरेर काठमाण्डौं र्फकिएका मेयर रामेश्वर बोहरा, उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत सहितको टोली फेरी अर्को बहानामा काभ्रेपलाञ्चोकमा रात्री भोज गरेर र्फकिएका छन् । स्थानीयले बिकासको बजेट माग गर्दामा दिन अस्वीकार गर्ने नगरपालीका जनप्रतिनिधि र कर्मचारीहरुले भ्रमण, सेमिनार, गोष्ठीको नाममा लाखौं सिध्याँउदै आइरहेका छन् ।

भ्रमणको नाममा मनोरञ्जन पनि लिन पाइने र भ्रमण भत्ता समेत पाइने भएकाले नगरपालीकाले यस्ता कार्यक्रमहरुलाई विशेष प्राथमीकतामा राखेको छ ।

रारा भ्रमणको नाममा १० लाख बढी रकम सिध्याएको दुई साता नबित्दै तारकेश्वर नगरशिक्षाको कार्ययोजना तयार गर्ने नाममा काभ्रेको महंगो होटलमा कार्यक्रम गरेर फेरी लाखौं खर्च गरिएको छ ।

दोस्रो चरणको कोरोना महामारीले आक्रान्त पारिरहेको अवस्थामा बिभिन्न रणनीतिहरु तयार गर्नुपर्ने नगरपालीकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृतहरु गैरजिम्मेवार बनेर भ्रमणमानै दौडीरहेका छन् ।

रारा भ्रमणमा कर्मचारी र जनप्रतिनिधिहरु सहित पुगेको नगरपालीकाको टोलीले काभ्रेमा भने आफ्नो पार्टी नजिकका नीजि विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई लिएर शिक्षाको नीति निर्माण गर्ने नाममा रिसोर्टमा लाखौं खर्चीएको छ ।

मेयर निकट श्रोतका अनुसार रारा भ्रमणमा पार्टी कार्यकर्ता, जनप्रतिनिधि र कर्मचारीहरुलाई मात्र लगेका कारण शिक्षकहरुले घुम्न लैजान प¥यो भन्दै नगरपालिकालाई दबाब दिँदै आएका थिए ।

तारकेश्वर नगर शिक्षा साखामा नीजि विद्यालय सञ्चालन गर्ने शिक्षकहरु र सामुदायिक विद्यालयको जागिर भएर पनि नीजि विद्यालयहरुका लगानीकर्ताहरु समेत रहेका छन् । नगर शिक्षामा गएकाहरुले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने कार्यक्रमभन्दा पनि नगर प्रमुख, उपप्रमुखको चाकडी गरेर घुम्न जाने र प्राइभेट विद्यालयहरुको पक्षमा काम गर्दै आइरहेका छन् ।

तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख होमनाथ न्यौपानेले तारकेश्वर नगर शिक्षा समितिका पदाधीकारी, निजी, संस्थागत र सामुदायीक विद्यालयका पदाधीकारी सहित १५ जनाको टोली धुलीखेल गएको स्वीकार गरे ।

न्यौपानेले धुलिखेलमा तारकेश्वरको शिक्षाको आवधीक योजना, दरबन्दी मिलानको बिषयमा तथा कोरोना संक्रमण बढीरहेको अवस्थामा कसरी स्कुल सञ्चालन गर्ने लगायतका बिषयमा छलफल भएको बताए ।

यस्ता बिषयमा छलफल गर्नका लागि तारकेश्वर नगरपालीकाको आफनै सभा कक्ष छ तर ति सभाकक्षमा कार्यक्रम नगरी सरकारी पैसा सिध्याउन तारकेश्वर नगर शिक्षा समिति काभ्रे हानीएको हो । नयाँ ठाँउ घुम्न पनि पाइने र रमाइलो पनि हुने भएकाले कर्मचारी र जनप्रतिनिधिहरु यस्ता सामान्य कार्यक्रमहरु पनि नगरपालीकाको हलमा नगरी बाहिर बाहिर गर्ने गरेका छन् ।

भ्रमण, सेमिनार र गोष्ठीको नाममा लाखौं खर्च गरिएको बारेमा प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले अनुत्पादक क्षेत्रमा खर्च भएको बारे महसुस भएको बताँउदै आगामी दिनमा त्यस्ता कार्यक्रमहरुलाई बिस्तारै कम गरिदै लगिने बताए । नगरपालीकाका बिभिन्न शिक्षा, स्वास्थ्य लगायतका शाखाहरु, वडा कार्यालयहरुले समेत भ्रमण र गोष्ठीका लागि भन्दै नगरकार्यपालीकाबाट लाखौं रुपयाँ पास गराएका छन् । नगरपालीकाका एक कर्मचारीका अनुसार यसै आर्थिक बर्ष भित्र यस्ता अझै दुईचारवटा भ्रमण र गोष्ठीका कार्यक्रमहरु गर्न बाँकी रहेको छ ।

तारकेश्वर नगरपालीका भित्र ढल, सडक, खानेपानी, बिजुलीका पोलहरुको व्यवस्थापन लगायत धेरै गर्नुपर्ने कामहरु छन तर ति कामको लागि नगरपालीकाले पर्याप्त बजेट नदिएको स्थानीयहरुको गुनासो रहेको छ । तारकेश्वर नगरपालीका १० को मिजंख्य टोलमा ढलको समस्या भएको दुई बर्ष भयो, बर्खामा पुरै ढल र्फकिएर घरमा आँउछ, वडा कार्यालय धाँउदाधाँउदा हैरान भइयो एक पैसा पनि पाइएन स्थानीय एक युुवाले गुनासो गरे ।

त्यती मात्र होइन तारकेश्वर नगरपालीका वडा नं ९ र १० मा पर्ने बिष्णुमती करिडोरमा हिंउदमा पनि राम्रोसंग हिडन नसक्ने अवस्था छ, पानीका टयांकरले बाटो खाल्डो पारेको र पानी जमेकाले हिडन समेत अप्ठेरो अवस्था छ, नगरपालीका भित्र गर्नुपर्ने धेरै बिकास निर्माणको कामहरु छन् तर नगरपालीकाका कर्मचारी र जनप्रतिनिधिहरुको त्यस्ता बिषयमा ध्यान पुग्न सकेको छैन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.