Advertisement

मुम्बईमाथि दिल्लीको सहज जित

0 794

Advertisement

०८ बेशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।

मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।

मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।

मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए । यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए ।

जितसँगै दिल्ली क्यापिटल्स चार खेलमा तीन जितका साथ अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने चार खेलमा दुई जित र दुई पराजयका साथ मुम्बई इन्डियन्स चौथो नम्बरमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.