Advertisement

एमाले, माओवादी र कांग्रेसले देश र जनताको सौदावाजी गरेर खाइरहेका छन् !

0 540

Advertisement

दीर्घराज प्रसाई

नेपालले प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । भाँड्न र भत्काउन कांग्रेस, एमाले, माओवादीहरुले गलत बाटो समातेका छन् ! एमाले, माओवादी र कांग्रेसले देश र जनताको सौदावाजी गरेर खाइरहेका छन् !

२०६३ सालको आन्दोलनले विभाजन र विखण्डनकारी कुराले विकरालरुप लिएको छ । यस्ता आपराधीक क्रियाकलापबाट संसारमा कुनै देशका नेताहरु सुरक्षित भएका छैनन् । जनताबाट मारिन्छन् । प्रजातन्त्रको मुखुण्डो लाउदैमा प्रजातन्त्रवादी हुन सक्तैन । प्रजातन्त्रमा त चरित्र हुन्छ, जिम्मेवारी हुन्छ, सहिष्णुताको सर्वोच्च स्थान हुन्छ । तर नेपालमा राजनीतिक दलका नेताहरुका भष्ट्र र गैरजिम्मेवार व्यवहारले देशको अवस्था अत्यन्त नाँजुक भएको छ । राजनीतिक दलभित्र नेतृत्व गर्ने व्यक्ति खराव भएपछि सबै त्यस्तै हुँदोरहेछन् । आलुको थुप्रोमा कुहिएको आलु पर्न गयो भने सबै आलु कुहिन जान्छ भनेको जस्तो हाम्रो देशको राजनीतिक व्यवस्था भित्र पनि त्यस्तै भइरहेकोछ । राष्ट्रको लागि यो अतिनै दु:खलाग्दो कुरा हो ।

अहिले नेपालमा विचार बीनाका पात्रहरुको सत्ता छ । २०६३ साल बैशाख ११ गते राजासँगको सहमतिमा २०४७ सालको संविधानमा टेकेर २०६३ को आन्दोलन स्थगित भएकोमा बीनाकारण संविधानवादलाई कुल्चदै राजासँगको सहमतिलाई तोडको बेलादेखि चौतर्फी हत्या, अपराध, अराजकत्ता बडेर हरक्षेत्र तहसनहस हुन पुगेको छ !

नेपालको राष्ट्रिय झण्डा, हिन्दुअधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । हिन्दुअधिराज्य भन्ने कुरा धर्मसँग मात्र संवन्धित नभएर यो नेपालको सुरक्षा अवधारणाभित्र पनि जोडिएको छ। नेपालको राष्ट्रियतालाई मज्बुतगर्दै आएका महत्वपूर्ण स्रोतमा हिन्दु तथा बौद्ध परम्परा नैं हो ।

धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको नारा माओवादी, कांग्रेस, एमाले र कुनै खाओवादीको एजेण्डा होइन । यो त भारत र अमेरिकी गुप्तचर संस्थाहरुको एजेण्डा हो । पैसा खाएर र पदको लागि नेपालमा पार्टीका दलाल नेताहरुले बोकेर हिडेका मात्र हुन् । तर ५, ७ जना देशद्रोही पार्टीका नेताहरुको कारणले नेपालमा क्रिस्चियनहरुको दाईं चलेको छ । २०६३ सालपछि नेपाललाई विदेशी भन्दा स्वदेशी किराहरुले खान लागेका छ । नेपाललाई चारवटा ठूल्ठूला रोगहरु– २०६२ मा १२ बुँदै सहमतिमा हस्ताक्षर गरेर नेपाललाई डुबाउन खोज्ने कम्युनिष्टहरु, करप्सन्, क्रिस्चियन र क्यान्सर यी ठूला रोग हुन् । यी ४ वटा रोगबाट नेपाल बाच्नको लागि यी रोगहरुलाई उन्मुलन गर्नै क्षमता हामी नेपालीहरुमा हुनपर्छ । यी रोगबाट हामी सुरक्षित हुन सकेनौं भने हामी र हाम्रो देशको अस्तित्व रहँदैन ।

नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा सन्तुलन र समन्वयकासाथ सांस्कृतिक रुपले प्रवल हुनसकेमा युगयुगान्तरसम्म यसको अस्तित्व माथि कुनै खतरा आउँदैन । कांग्रेस, एमाले, माओवादीहरुले गलत बाटो समातेकाले नेपालको राष्ट्रियता र प्रजातन्त्र ओझेलमा परेको छ । नेपालमा अहिले आएर अनेकौं विचार, अन्यौल, निरर्थक वहशहरु र राजनीतिक वादविवादले गर्दा हामीहरुले हाम्रो अस्मिता खुस्किरहेकोनैं थाहा पाउन सकेका छैनौ । २०४६ सालको आन्दोलनबाट प्राप्त गरेको बहुदलीय व्यवस्थाकोनैं सत्तासीनहरुबाट धज्जी उडाइयो ।

संसदीय प्रजातन्त्रलाई सुढृडिकरण गर्दै अगाडि बढनु पर्नेमा चरम कुशासनको कारणले माओवादी बिद्रोह जन्मियो । हाम्रो जस्तो समस्याग्रस्त सानो देशभित्र हत्या, लुट, आगजनी जस्तो आपराधिक क्रियाकलापले राष्ट्रको अधोगति भइरहेको अवस्थामा कांग्रेस, एमाले र माओवादीलाई भारतीय नेताहरुले बोकेर नेपालको अस्तित्व र पहिचान समाप्त गराउन अग्रसर गरायो । त्यही अराजक विचार अहिले स्थापित भएर नेपालमा अराजकत्ता संस्थागत हुनपुगेको छ । यसमा १७ औं हजार नेपाली नागरिकहरुको प्रयोजनहीन हत्या, हजारौंको अङ्गभङ्ग, अरबौं सम्पत्तिको क्षति पुर्‍याएका माओवादीहरुले जवाफ दिनुपर्छ ।

२०५९ पछि राजाबाट शासनभार ग्रहण गरिएको अवस्था केही समयको लागि मात्र थियो । तर विदेशीको इशारामा नेपालका पदलुप्त, लोभी दलका नेताहरुले बिदेशीको शरणमा पुगेर तक्षशीलाका राजा आम्दीले बीनासर्त सिकेन्दरलाई सत्ता बुझाएको जस्तो गरेर भारतको शरणमा पुगेकाले त्यसको परिणाम सारा नेपालीहरुले भोग्दैछौं ।

वहुदलीय व्यवस्थानैं चल्न नसक्ने होइन यो देशमा । काम चाहीं नगर्ने मात्र खोचे थापेर विदेशीको चासोमा संविधान मात्र फेर्दैमा के देशले निकाश पाउँछ ? देशमा आगो लगाएर नयाँ नेपालको धमास दिनेहरुको प्वाँख उम्रिन लागेको कमिलाको जस्तो छ ।

देश डुब्न लाग्दा विदेशीहरुले के के भन्लान् भन्ने कुरामा चासो राख्ने होइन । आफ्नो देशलाई कसरी बचाउने भन्ने कुरा हामी नेपालीहरुको अधिकार भित्रको कुरा हो । अवका दिनमा नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई खतराबाट बचाउन राजा समेतको उपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति एकभएर सशक्त हुन सक्नुपर्छ । यसो भएपछि सारा देशद्रोही अपराधी र विदेशीहरु सबै लखेटिन्छन् । अनि मात्र नेपाल सुन्दर शान्त, विशाल शाकार हुन्छ । विश्वको एकमात्र हिन्दुअधिराज्य समाप्त गरी यो क्षेत्रलाई इसाईकरण गर्न नेपाललाई टुक्रयाउनु नैं हो । यो पूण्यभूमिलाई डुबाउन खोजेर कोही पनि बाँच्न सक्तैन ।

नेपालको विशेषता हो कि यो देश र जनताको संरक्षण र अभिभावकीय शक्तिको रुपमा राजसंस्थालाई एक अपरिहार्य खम्बाको रुपमा लिइन्छ । हामी कोही पनि अधिनायकवादी राजसंस्था चहादैनौं । राजा र जनताको समष्टिगत एकता नैं नेपालको विशेषता हो । राष्ट्रियता भन्ने कुरा ओरालो लाग्न थाल्यो भने सम्हाल्न नैं गाह्रो हुन्छ । किनकि भाँडन र भत्काउन सजिलो हुन्छ, बनाउन सजिलो हुँदैन । हाम्रा मान्यताहरु सिद्धिएपछि नेपालीको अस्तित्व पनि सिद्धिनेछ । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देशमा नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत नैं राजसंस्था हो । त्यसलाई विस्थापित गरेर हामी टिक्न सक्तैनौं ।

२०६३ सालदेखि २०७६ सालभरी नेपालमा एमाले, माओवादी, कांग्रेस, पार्टीका नेताहरुले देशलाई धरातलमा पु¥याउनु बाहेक केही गरेनन् । नेपालका पहिचान, स्थापित मान्यता ध्वस्त गरेर विखण्डनकारी विदेशीहरुलाई खुसी पार्न मात्र केन्द्रीत छन् । अव कति सहने यिनीहरुको अत्याचार हामी नेपालीहरुले ? विक्रम संवत् १९०३ को कोतपर्वकै दिन ,२०७२ साल असोज ३ गते संविधान घोषणा गरेर नेपाललाई वैधानिक रुपमा भौडीमा हाल्न खोजेका छन् ।

हचुवाका भरमा एकीकृत नेपाललाई तहस–नहस गर्ने अभिप्रायले संघीयता लाध्न सबै पुराना संरचना सबै भत्काएर केन्दमुखी बनाएर शासकीय व्यवस्थालाई नैं कुण्ठित पार्न खोजिएको छ । नेपाल जस्तो शान्ति क्षेत्रमा गणतन्त्र, धर्मनिरपेक्षता, जातीय आधारमा संघीयता लाद्न खोजियो ।
पृथ्वीनारायण शाह भन्दा अगाडि कहाँ थियो नेवार राज्य, मगर, गुरुङ, तामाङ, थारु, मैथिली, भोजपुरी, अवधी, किरात, लिम्बु, बाहुन, क्षेत्री, कामी, दमाई आदि इत्यादिहरुको राज्य ? गोर्खा एउटा राज्य थियो । काठमाडौं, ललितपुर, भक्तपुर राज्य थिए । सेनवंशी, बाइसी, चौबिसी राज्य थिए । गोर्खा, सेनवंशी, बाइसी, चौबीसी राज्यमा नेपाली भाषा र विक्रम संवत् चलनचल्तीमा थियो । काठमाडौं उपत्यकाभित्र नेवारी भाषा र गैर–नेवारहरुमा नेपाली भाषाबाटै लेखापढी गरिन्थ्यो । पल्लोकिरात–लिम्बु राईहरुलाई पृथ्वीनारायण शाहका प्रतिनिधिहरुले गरिदिएका कागजहरुमा पनि नेपाली भाषाबाटै लेखिएका पत्रहरु छन् । लिम्बु र राई भाषा समेत साक्षी राखिएका थिएनन् ।

नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्न, नेपालमा राष्ट्रप्रमुखको रुपमा राजा हुँदाहुँदै राजाबाटै ब्यूँतिएको प्रतिनिधिसभाबाट प्रधानमंत्रीलाई राष्ट्र प्रमुख बनाउने र राजाले उपभोग गर्ने लालमोहर लगाउने नियम बनाए, माघ १ गते राजालाई सरोकार नैं नराखी अवैधानिक तरिकाले अन्तरिम संविधान घोषणापछि माओवादीका ८३ जना कार्यकर्ताहरुलाई अनाधिकार रुपमा सांसद बनाए । यसरी संविधानवाद माथि आक्रमण भयो । यस्ता असफल तत्वहरुबाट कुनै हातलमा देशको हितमा कुनै कार्य हुन सक्तैन । अहिलेसम्म यसरी देश र जनताको सौदावाजी गरेर खाइरहेका छन् ।
इतिहासमा नेपालमै जन्मेका गद्दारहरुबाट यसरी राष्ट्रघातको लागि यस्तो नाङ्गो जात्रा कहिले भएको थिएन । २०६३ सालको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीको भित्री समर्थनमा आन्दोलनकारी दलहरुले राजालाई संकटको विकल्प शक्तिको रुपमा गुहारेर २०६३ वैशाख ११ गतेमा चार बर्ष अगाडि नेपाली कांग्रेस बहुमतमा रहेकै बेला प्रतिनिधिसभा भंग गरिएको थियो । स्थिति गम्भीर हुन थालेपछि देशलाई रक्तपातबाट बचाउन राजा ज्ञानेन्द्रबाट वार्ताको आह्वान भएपछि राजासँग सहमति भएर जनआन्दोलन बिसर्जन भयो ।

कांग्रेसबाटै विघठीत भइसकेको प्रतिनिधिसभा ब्यूँताउने शर्तमा संझौता भयो । आन्दोलनको म्याण्डेट भनाएर राजाबाट प्रतिनिधिसभा पुनसर््थापना गरी गिरिजाप्रसाद कोइरालालाई प्रधानमंत्रीमा निुयुक्त गरी राजाबाटै राजदरबारको पटाङ्गिनीमा प्रधानमंत्रीको सपथग्रहण भयो । तर राजासँग सहमति भएपछि एकपछि अर्कोगर्दै देश, राजा, जनतालाई धोका दिने काम भयो ।

अखण्ड नेपाल तहसनहस गर्न लागेको देखेर आत्मा रोएको छ, मन पोलिरहेको छ ! देश र जनताको सौदावाजी गरेर खाइरहेका छन् ! नेपालका देशद्रोहीहरुका राष्ट्रघाती क्रियाकलापले मन पोलिरहेको छ । जींगगीभर नेपालको गौरवमय राष्ट्रियताको ब्याख्या गरेर जीवन बिताइयो । आज यो अखण्ड नेपालको राष्ट्रियता तहसनहस गर्न लागेको षडयन्त्रै षडयन्त्रबाट नेपाल गुज्रिदै आएको देखेर आत्मा रोएको छ ।

नेपालका महान विशेषताहरु मध्ये १) हिमवतखण्ड नेपाल सबैभन्दा पुरानो पौराणिक भूमि हो २) विश्वका सार्वभौम राष्ट्रहरु मध्ये नेपाल पुराना सार्वभौमसत्तासम्पन्न मूलुक हो ३) नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो । गोर्खा एउटा स्वतन्त्र हिन्दु राज्य थियो । गोर्खा लगायत नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर, चौदण्डी, पाल्पा, कास्की, बाइसी, चौबिसी आदि ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकृत गरी विशाल हिन्दुअधिराज्य कायम गरेका थिए । हिन्दुअधिराज्य भन्ने कुरा धर्मसँग मात्र संवन्धित नभएर यो नेपालको सुरक्षा अवधारणाभित्र पनि जोडिएको छ । नेपालको राष्ट्रियतालाई मज्बुतगर्दै आएका महत्वपूर्ण स्रोतमा हिन्दु तथा बौद्ध परम्परा नैं हो ।

विश्वब्यापी रुपमा नेपालको जुन इज्जत थियो २०६३ सालपछि योजनावद्धरुपमा नेपालको स्थिरता, एकता र यसको सार्वभौमसत्तामा नैं आँच आउने गरेर भारतसँग भिन्न पहिचान र प्रतिष्ठा लिएर उभिएको देवभूमि नेपालको राजसंस्था र हिन्दु अधिराज्य ध्वस्त बनाउन थालिएको समयदेखि नेपाल संकटमा फसेको छ ।

राष्ट्र विखण्डन समेतमा संलग्न हुन पुगेको अवस्था छ । राजासँग सहमति भएपछि एकपछि अर्कोगर्दै देश, राजा, जनतालाई धोका दिने काम भयो । अतः अब देश बचाउन र नेपाललाई विदेशीहरुको हस्तक्षेपबाट मुक्त बनेर नेपालको राष्ट्रियता, प्रजातन्त्रलाई संस्थागत गर्न दिगो शान्तिको लागि राजा ज्ञानेन्द्रसँग समझदारी राखेर राजाको उपस्थितिमा नेपालमा हिन्दु अधिराज्य कायम गरेर नेपालको अस्तित्व बचाउने यही एकमात्र विकल्प छ ।

-दीर्घराज प्रसाई

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.