Advertisement

नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लियो

0 700

Advertisement

०७ बैशाख, काठमाडौं । नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक शृङ्खलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलिपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपालमाथि उक्लेको हो ।

आईसीसीको नयाँ वरीयताक्रममा नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपालसँग हार बेहोरेको नेदरल्याण्ड्सको वरीयतामा कुनै फरक परेको छैन् । नयाँ वरीयतामा समेत ऊ १७ औं स्थानमा नै छ ।

नेपालले नयाँ वरीयतामा स्कटल्याण्डलाई उछिनेको हो ।
यसअघि १४ औं स्थानमा रहेको पपुवान्यूगिनी १६ औं स्थानमा पुगेको हो । त्रिकोणात्मक श्रृखंला खेल्नुअघि ३१ औं स्थानमा रहेको मलेसिया भने ३१ औं स्थानमा यथावत छ ।

नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा अष्ट्रेलिया छ । पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भने चौथो, पाँचौं र छैटाैं स्थानमा छ ।

अफगानिस्तान भने टेष्ट मान्यता प्राप्त वेष्टइन्डिज, श्रीलङ्का र बङ्गलादेशभन्दा माथि सातौं स्थानमा छ । आयरल्याण्ड ११ औं, जिम्बाबवे १२ औं र यूएई १३ औं स्थानमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.