पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
०७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । उहाँहरु दुवैको पिसीआर नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
पूर्वराजा शाह केही दिनअघि मात्रै भारतको हरिद्वारमा लाग्ने कुम्भ मेलामा पुगेर ‘गंगा स्नान’ गर्नुभएको थियो । त्यहाँबाट आइतबार स्वदेश फर्किने क्रममा उहाँको स्वागतमा ठूलै भीड लागेको थियो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्के लगत्तै कोरोना भाइरस परीक्षणका लागि उहाँहरु दुवै जनाको स्वाब दिइएकाे थियाे । मंगलबार दुवै जनाकाे नतिजा पोजेटिभ आएको बताइएको छ । कोरोना पुष्टि भएसँगै उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ समेत सुरु गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।