Advertisement

१७ सोलार प्लान्टलाई निर्माणको अनुमति

0 1,426

Advertisement

०७ बैशाख, काठमाडौं । विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।

विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।

सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा कुल १४.७७ मेगावाट क्षमताको ३ ओटा सोलार प्लान्ट बनाउने गरी अनुमति पाएको छ । यसबाहेक अन्य सबै निजीक्षेत्रका कम्पनी हुन् ।

प्राधिकरणले नुवाकोटमा कुल २५ मेगावाटको सोलार प्लान्ट बनाउँदै छ । प्राधिकरणले प्लान्टअनुसार छुट्टाछुट्टै ब्लक बनाएर लाइसेन्स लिँदै आएको छ । अर्काे १० दशमलव ३३ मेगावाट क्षमता बराबरको प्लान्ट भने सर्वेको चरणमा रहेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.