Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मलेसियामाथि नेपालको शानदार जित

0 78

०६ बैशाख , काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको छ ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पार्न सफल भयो ।

जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित ६१ रन बनाउँदा आशिफ शेखले ४२ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमा अभिजित रहे। मलेसियाका वीरेनदीप सिंहले आशिफको विकेट लिएका थिए।

यसअघि नेदरल्याण्ड्स विरुद्धको खेलमा डेभ्यु गरेका भुर्तेल र शेखले उद्घाटन खेलमा अर्धशतक बनाएका थिए।

आज टस हारेर ब्याटिङ गरेको मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे। त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी, शहाब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १/१ विकेट लिए।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.