Advertisement

राप्तीमा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन सम्पन्न

0 641

Advertisement

तिर्थराज ज्ञवाली
०६ बैशाख , मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भरिएको छ ।

राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो जस बमोजिम कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो ।

फाराम भरेर सकिएको छ अहिले वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गर्न काम भईरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङ ले जानकारी दिनु भएको छ । ईकाइ प्रमुख बाल चन्द्र गुरुङका अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताउनु भएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वटा नं १ मा ९ सय, वडा नं २ मा ६ सय ८०, वडा नं ३ मा ७ सय ८०, वडा नं ४ मा ४ सय, वडा नं ५ मा ४ सय २०, वडा नं ६ मा ३ सय ८०, वडा नं ७ मा ३ सय ९०, वडा नं ८ मा २ सय ६० र वडा नं ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बाल चन्द्र गुरुङ ले जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.