Advertisement

दिल्लीमा एक साता लकडाउन घोषणा

0 661

Advertisement

0६ वैशाख, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।

केजरीवालले पछिल्लो केही समययता दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेको भन्दै यो निर्णय गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । यो लकडाउनले कोरोना संक्रमण अन्त्य नभए पनि संक्रमण दरमा कमी ल्याउन सक्ने बताए ।

केजरीवालले पछिल्लो समय दिल्लीको स्वास्थ्य प्रणालीमा नै समस्या बढेकाले लकडाउनको समयमा दिल्लीमा संक्रमितको लागि अक्सिजन, औषधि, बेडको संख्या बढाउनेजस्ता काम हुने बताए । उनले सबैलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.