Advertisement

भेरी अस्पतालमा ८१ को कोरोना परीक्षण गर्दा ७५ मा सङ्क्रमण, चारदिनमा ६ सय थपिए

0 1,079

Advertisement

०५ वैशाख, नेपालगञ्ज । पछिल्लो पटक कोरोना हटस्पट बनेको बाँकेमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । विशेष गरेर नयाँ वर्षको आगमनसँगै जिल्लामा कोरोना सङ्क्रमण आक्रामक रूपमा फैलिएको छ ।

आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परीक्षण गर्दा ७५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसअनुसार सङ्क्रमण दर ९२.६ प्रतिशत रहेको पाइएको छ ।

गएको एक साताको अवधीमा गरिएको परीक्षणको विश्लेषण गर्दा सङ्क्रमण दर अति नै उच्च रहेकोले जिल्लामा कोरोना नियन्त्रणभन्दा बाहिर गैसकेको पुष्टि भएको भेरी अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आइतवार मात्रै सङ्क्रमण दर ९२.६ प्रतिशत रहेको भेटिएपछि आफूहरु निकै चिन्तामा परेको जनाउँदै समुदायस्तरमा धेरै ठूलो सङख्या सङ्क्रमण फैलिसकेको देखिएको बताउनुभयो ।

उहाँले अब समुदायस्तरमा परीक्षणको आवश्यकता रहेकोले त्यसतर्फ सबैले तत्कालनै ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले बाँकेको गम्भीर अवस्थालाई हेरेर लकडाउनको विकल्प नदेखिएको पनि बताउनुभयो ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिवार १६६ र शुक्रवार २०० जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत चारदिनमा मात्रै जिल्लामा ६ सय भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा आइतवार पुष्टि भएका कोभिड सङ्क्रमितहरू अधिकांश स्वास प्रस्वाससम्बन्धी समस्या ज्वरो वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामीहरू रहेको प्रयोगशालाले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जले सङ्क्रमणको अवस्था समुदायमा कस्तो छ भनी जान्न समुदाय स्तरबाटै नमूना सङ्कलन गरी परिक्षण गर्न आवश्यक रहेको जनाएको छ ।

यसका लागि सरकारबाट प्रयाप्त रियजेन्ट र अन्य आवश्यक सामग्री प्राप्त हुने हो भने परीक्षणको दायरा बढाउन अस्पताल सधैं तयार रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र शंकास्पद विरामीलाइ राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड भरिइसकेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.