Advertisement

कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढ्यो

0 1,044

Advertisement

०५ बैशाख, काठमाडौं । कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको छ ।

बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको कुल नाफा ५८ करोड ६१ लाख ५६ हजार ३८५ रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा बैंकले २१ करोड ५४ लाख ९० हजार ४८० रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३२ रुपैयाँ छ ।
बैंकले यस अवधिमा निक्षेप ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार २१ रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार ७४० रुपैयाँ गरेको छ ।

बैंकले ४० करोड ५२ लाख ४ हजार ७४२ रुपैयाँ प्रोभिजनिङ गरेको छ भने रिजर्भमा ७७ करोड ६८ लाख ५३ हजार ४०२ रुपैयाँ छ ।

बैंकको खराब कर्जा १ प्रतिशत छ भने सीसीडी रेसियो ८०.८२ प्रतिशत छ । त्यसैगरी बैंकको बेसरेट ८.१५ प्रतिशत छ भने स्प्रेड रेट ४.९५ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ५.९९ प्रतिशत छ ।

बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ३८ कराड ८८ लाख ८९ हजार १४ रुपैयाँ छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.