Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एस्ट्रिक टेक्नोलोजीकाे नयाँ गेम World War 4 – Endgames सार्वजनिक

0 209

०५ बैशाख, काठामाडाै । एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले World War 4 – Endgames आज एन्ड्रोइड प्लेटफर्ममा Google Play Store मार्फत सार्वजनिक गरेको छ ।

World War 4 – Endgames एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ ।

त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन्। र उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन्।

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन्। गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन्। खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।

खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात-निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ ।

गेमकोमुख्य विशेषता:
– प्रत्येक १०० दिनको एक सिजन
– विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
– आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
– वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट

यो गेम Download गर्ने लिंक:

https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME

यो गेममा सीमित समयको लागि $5 मूल्य हाराहारी पर्ने 50 Gold फ्रीमा प्रदान गरिनेछ ।

याे पनि हेर्नुहाेस् :


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.