Advertisement

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

0 655

Advertisement

०४ वैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

मूल्य वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर एक सय २१ र डिजेल/मटितेलको एक सय ४ रुपैयाँ पुगेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। वृद्धि भएको मूल्य शनिवार राती १२ बजे बाट लागू हुनेछ। त्यसैगरी, आन्तरिक उडान हवाई इन्धनको मूल्यमा दुई रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ निर्धारण गरिएको छ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य यथावत छ। मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको निगमले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.