Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल–नेपालबीच भेटवार्ता

0 138

०४ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल र नेपाल छुट्टै छलफलमा बसेका हुन् । उनीहरु सर्बदलीय बैठक सुरु हुनुभन्दा अघि नै गोप्य भेटवार्तामा बसेको उच्च स्रोतको दाबी छ ।

कर्णाली प्रदेशमा हिजो भएको राजनीतिक घट्नाप्रति उत्पन्न परिस्थितिको बारेमा समिक्षा गर्न र भावी रणनीति तय गर्न उनीहरु छलफलमा जुटेको बताईएको छ । हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई एमालेका चार जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका थिए ।

उनीहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाईदिएपछि केन्द्रमा समेत हलचल पैदा भएको छ । चार जना सांसदहरुले भने केन्द्रको निर्देशनबमोजिम नै आफूहरुले यो कदम चालेको भन्दै यसले पार्टी एकता गर्नको लागि बल पुग्ने पनि प्रतिक्रिया दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी पेलेर जाँदाको यो परीणाम आएको नेता नेपाल पक्षधर नेताहरुले प्रतिक्रिया दिएका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.