Advertisement

पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, थपिए ८४३, निको भए २२६ मात्र

0 370

Advertisement

०४ बैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका ८४३ (७६८ पिसिआर र ७५ एन्टिजेन विधि) नयाँ संक्रमित थपिएका छन् भने २२६ निको भए तर ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सहित कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ र निको हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

आजसहित कुल मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ७४ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.