Advertisement

आजकाे माैसम जानकारी, तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना

0 903

Advertisement

०४ बैशाख, काठमाडाैँ । आज २०७८ बैशाख ४ गते (शनिबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाले भनेकाे छ- राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.