Advertisement

एएफसी कप : प्ले अफको दोस्रो चरणमा आर्मी बेंगलुरुसँग पराजित

0 474

Advertisement

०३ बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा भारतको बेंगलुरुसँग फराकिलो हार व्यहोरेको छ ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५–० गोल अन्तरले पराजित भएको हो । बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २÷२ गोल गरे । सुनिल क्षेत्रीले एक गोल गरे । पहिलो हाफमा घरेलु टिमसँग गोलरहित बराबरी

खेलेको आर्मीले दोस्रो हाफमा निकै फितलो प्रदर्शन गरेको थियो । खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै बेंगलुरुलाई १–० को अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा सुनिलले गोल गर्दै टिमको अग्रता २–० को बनाए । यसैगरी ६१ औं मिनेटमा सिल्भाको गोलबाट बेंगलुरु ३–० ले अघि रह्यो ।

खेलको ६३ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि बेंगलुरुले ४–० को अग्रता बनायो । त्यसपछि खेलको ६५ औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५–० को जित दिलाए ।

यस हारसँगै आर्मीको प्ले अफको अर्को चरणमा पुग्ने सपना सकिएको छ । अब बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.