Advertisement

वायु प्रदूषण कायमै

0 1,226

Advertisement

०२ बैशाख, काठमाडौँ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ ।

केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।”

मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।
विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ ।

दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.