Advertisement

बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु (भिडियो सहित)

0 408

Advertisement

०२ बैशाख, काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान शुरु गरिएको हो ।

विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवति क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ । विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाई छ ।

विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.