Advertisement

एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोपमा रोक

0 1,043

Advertisement

०१ बैशाख, एजेन्सी । अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोपमा रोक लगाएको छ ।

खोप लगाएका केही मानिसहरूमा रगत जम्ने समस्या देखिएकाले अमेरिकी अधिकारीहरूले जे एण्ड जे कोरोना खोप लगाउन तत्काका लागि रोक लगाउने भएका हुन् । जे एण्ड जे को खोप लगाएका ६८ लाखमध्ये ६ जनामा गम्भीर किसिमको रगत जम्ने समस्या देखिएको भन्दै तत्कालका लागि उक्त खोपको प्रयोग रोक्न आदेश दिइएको अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले जनाएको छ ।

विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ । १८ देखि ४८ वर्ष उमेर समूहका महिलाहरूमा खोप लगाएको १२–१३ दिनपछि त्यस्तो समस्या देखिएको उल्लेख छ ।

भारतमा निर्मित एस्ट्राजेनेकाको खोप कोभिसिल्ड लगाएका केही मानिसमा पनि यस्तै समस्या आएपछि युरोपेली देशहरूले उक्त खोप केही समय रोकेर पुनः प्रयोगमा ल्याएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.