Advertisement

निमाको ‘हेर्देउन मायाले’मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )

0 973

Advertisement

०१ बैशाख, काठमाडौँ । निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ। म्युजिक भिडियो विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.