Advertisement

पीएजसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

0 821

Advertisement

०१ बैशाख, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग भएको खेलमा पीएसजी १-० ले पराजित भए पनि अन्तिम चारमा पुगेको हो ।

पिहलो लेगकोसमेत गोलका आधारमा समग्रमा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।

पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।

उनले खेलको ४०औँ मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्‍याउन सकेन ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.