Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना मिटर रेड जोन तर्फ : आज थपिए ५१७ जना संक्रमित

0 82

३१ चैत, काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४६० जना र ८१७ जना एन्जीजिन परीक्षण गर्दा ५७ जना गरी कुल ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संख्यामा २०१ जना उपत्यकाका मात्रै छन्। जसअनुसार काठमाण्डौमा १६१ जना, ललितपुरमा २८ जना र भक्तपुरमा १२ जना छन्।

हालसम्म कोरोना संक्रमितको संख्या भने २ लाख ८० हजार ९८४ पुगेको छ।

यो अवधिमा थप १५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको ज्यान गएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.