Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अलिबाबाको सेयर भाउ ४% सम्म बढ्यो

0 63

३१ चैत, एजेन्सी । एन्ट ग्रुपको व्यवसायलाई नयाँ स्वरुपमा ल्याउन चिनियाँ नियामकहरुले निर्देशन दिएपछि हङकङमा अलिबाबाको सेयर भाउ ४% सम्म वृद्धि भएको छ । मंगलबार बजार खुलेको सुरुवाती चरणमै अलिबाबाको सेयर भाउ ४% ले बढेको थियो । यद्दपि, मध्यान्नसम्म २% को हाराहारीमा वृद्धि भएर अलिबाबाको सेयर कारोबार भइरहेको छ । यता, एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा चीन सरकारले आइतबार अलिबाबामाथि कारबाही गर्दै २ अर्ब ७८ करोड डलर जरिवाना गरेको थियो ।

त्यस लगत्तै अलिबाबाको सेयर भाउ बढ्ने क्रममा देखिएको थियो । चीन सरकारको पछिल्ला कदमले लगानीकर्तामा अनिश्चितताको बादल हटेका कारण अलिबाबाको सेयर भाउमा सकारात्मक प्रभाव पर्न गएको विश्लेषण गरिएको छ । सोमबार अमेरिकामा सूचीकृत अलिबाबाको सेयर भाउ पनि ९% ले वृद्धि भएको थियो । एन्ट ग्रुप पनि अलिबाबाकै सहायक कम्पनी हो ।

चिनियाँ नियामक निकायको हस्तक्षेपपछि एन्ट गु्रपको विश्वकै ठूलो आइपीओ सूचीकरण हुन सकेको छैन । एन्ट ग्रुपमा अलिबाबाको ३३% हिस्सा रहेको छ । तर गत नोभेम्बरमा वित्तीय प्रविधिको नियमनकारी प्रवधानमा परिवर्तन भएको भन्दै चीनले एन्ट ग्रुपको आइपीओ हङकङ र साङघाईमा सूचीकरण हुनबाट रोक लगाएको थियो ।

यस्तै, गत डिसेम्बरमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले एन्ट ग्रुपलाई व्यवसायको प्रकृति संशोधन गर्न निर्देशन दिएको थियो । पीबीओसीले सोमबार पुनः एन्ट ग्रुपलाई के–के गर्नुपर्छ भनेर ठोस विवरण दिएको छ ।वित्तीय प्रविधि कम्पनीको रुपमा स्थापना भएको एन्ट गु्रपलाई वित्तीय होल्डिङ कम्पनीको रुपमा पुनर्संरचना गर्न पीबीओसीले निर्देशन दिएको छ ।

अब एन्ट ग्रुपलाई पनि बैंकलाई जसरी नै नियमन हुनेछ । एन्ट ग्रुपले भुक्तानी एप अलिपे र आफ्नो प्रोडक्टहरुसँग पनि दूरी कायम गर्नुपर्नेछ । कुनै बेला विश्वको सबैभन्दा ठूलो मनि मार्केट फन्डको रुपमा रहेको ‘यु बायो’ को आकार घटाउन पनि एन्ट ग्रुपलाई निर्देशन दिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.