Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आमाको सम्पत्ति लिएर अलपत्र पार्ने छोरी कारागार चलान

0 89

३१ चैत, काठमाडौँ । आमाको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोग लागेकी राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई अदालतले पुर्पक्षका लागि कारागार पठाएकाेे छ ।

ज्येष्ठ नागरिक ऐन अन्तर्गत पक्राउ परी मुद्दा चलेको उनलाई काठमाडौँ जिल्ला अदालतले सोमबार मुद्दाको अन्तिम किनारा नलाएसम्म कारागारमा राख्न आदेश दिएपछि उनी सुन्धाराको महिला बन्दी गृह चलान भएकी छिन्।

उनको ८४ वर्षकी आमा शोभा रिजालले श्रीमान्को मृत्युपछि छोरीसँगै बस्दा उनले आफ्नो श्रीमान् र आफ्नो नाममा रहेको संयुक्त खातामा रहेको गहना, तीन करोड रुपैंया र सेयरहरू झुक्काएर आफ्नो नाममा गरेर पछि हेरचाह नै नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेकी थिइन्।

प्रहरीले उनलाई बोलाएर पटक–पटक सहमतिको प्रयास गर्दा उनी नआएपछि गत साता प्रहरीले अदालतको आदेशमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

प्रहरीले अनुसन्धान सकाएर जिल्ला महान्यायाधिवक्ता कार्यालयमार्फत अदालतमा अभियोग पत्र दायर गरेको थियो। थुनछेकको बहसको क्रममा उनको पक्षका वकिलले धरौटी मागेपछि अदालतले धरौटी अस्वीकार गर्दै मुद्दाको टुङ्गो नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.