Advertisement

महंगी बढ्यो : राष्ट्र बैंक

0 958

Advertisement

३० चैत, काठमाडौं । उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको फागुन महिनासम्मको देशको आर्थिक स्थितिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको जनाइएको छ । २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति बढ्यो, माघमा २.७० प्रतिशत रहेको मूल्यवृद्धि फागुनमा ३.०२ प्रतिशत पुग्यो

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको माघ महिनामा २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यस्तै समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोम मुद्रास्फीति पनि बढेको छ । २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो भने माघ महिनामा ६.१२ प्रतिशत थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.