Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गण्डकी प्रदेश सरकार परिवर्तनको प्रयास, जनमोर्चा अनिर्णीत अवस्थामा, कांग्रेस संसदीय दलको बैठक आज १ बजे बस्दै

0 90

सन्जीब तिमल्सिना

३० चैत, पोखरा ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार राख्ने वा नयाँ सरकार बनाउने भन्ने चाबी हातमा लिएर बसेको राष्ट्रिय जनमोर्चा अझै पनि अनिर्णीत अवस्थामा छ भने प्रदेश सरकार परिवर्तनका लागि कम्मर कस्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक आज सोमबार दिउसो १ बजे बस्दैछ ।

राष्ट्रिय जनमोर्चाको आइतबार बसेको संसदीय दलको बैठक कुनै ठोस निर्णयबिनै टुंगिएको छ ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बोलाएका हुन् । गुरुङ नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका २ जना मन्त्री फिर्ता भएपछि सरकार परिवर्तनको खेल सुरु भएको हो ।

राष्ट्रिय जनमोर्चाले समर्थन जनाईरहेको अवस्था अरु सबै दल एकै ठाउमा हुँदा पनि नढल्ने अवस्थामा रहेको गुरुङ सरकारमा शनिबारदेखि भने भुइचालो आएको छ ।

गण्डकी प्रदेश सभामा ३ जना सांसद रहेको यो दल जता लाग्छ उतै सरकार बन्ने अवस्था छ । नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ जना सांसद पुगेका छन् । प्रदेश सभामा एमालेकाे पक्षमा २८ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

यो परिस्थितिमा जनमोर्चा निर्णायक चाबी बनेको छ । जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने बताए पनि पार्टीले औपचारिक निर्णय लिइसकेको छैन ।

आइतबारको संसदीय दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा प्रदेश सांसद पियारी थापाले यसको पुष्टी गरिन् । ‘आज बैठक बस्यौं, तर ठोस केही निर्णय भएन,’ उनले भनिन्, ‘बाहिर कुरा जे आए पनि संसदीय दलको नेतालाई पार्टी नेतृत्वबाट औपचारिक रुपमा कुनै निर्देशन आएको रहेनछ, जे भएपनि पार्टी नीति अनुसार नै चल्ने कुरा भएको छ ।’

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले संसदीय दलको बैठक पछि ३ जना सांसद प्रदेश सभा अघि उभिएर खिचाएको सामूहिक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ठोस निर्णयमा नपुगेको सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘हामी निकै संयमित र दृढताका साथ अघि बढ्ने छौं ।’

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन फिर्ता लिने र अविश्वासको पक्षमा हस्ताक्षर गर्ने भनेपछि परिस्थिति एकाएक परिवर्तन आएको हो ।

यद्यपि अध्यक्ष केसीले भने जसरी जनमोर्चाले निर्णय लिइसकेको छैन । आईतबार जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठक बसे पनि ठोस निर्णय लिन सकेको छैन । पार्टीको केन्द्रले पनि कुनै निर्देशन पठाएको छैन ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.