Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा, एकजना धरौटीमा छुटे

0 90

३० चैत, काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।

रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अदालतले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र रामेछापका प्रकाश चौहानलाई थुनामा पठाएको छ । अदालतको आदेशले उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कारोबारमा संलग्न भनिएका सिन्धुलीका मनोज न्यौपानेलाई अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । २ लाख धरौटी बुझाएर उनी रिहा भएका छन् । साढे २ केजी युरेनियम बेच्न खोज्ने ४ जनालाई महानगरीय प्रहरी कार्यालयको टोलीले फागुन २८ मा पक्रेर अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.