Advertisement

पत्रकारको धन्दाः नाम पबित्र, काम अपवित्र!

0 759

Advertisement

२९ चैत, काठमाडाै । ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता आवद्ध कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’

नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा हो माथिको पंक्ति । उल्लेखित परिभाषामा दिइएका शब्दहरूलाई गहिरिएर विचार गरौैँ । परिभाषाले ‘स्तम्भ लेखक’ र ‘विश्लेषक’लाई पनि पत्रकार बनाएको छ । कुनै किसानले गोबारो किराबाट केराका बोट कसरी जोगाउने, धान कसरी धेरै फलाउने, बेमौसमी गोलभेडा कसरी उत्पादन गर्ने जस्ता शीर्षकमा वर्षमा तीन–चारओटा लेख पत्रपत्रिकामा प्रकाशन गर्न सफल भयो भने उसलाई यस परिभाषाले पत्रकार बनाइदिन्छ ।

पत्रपत्रिकामा नियमित लेखन गर्ने संविधानविद् भीमार्जुन आचार्य, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला आदिलाई पनि पत्रकार भन्न सकिने भो । अझ प्रेस–क्यामरापर्सन, व्यंग्यचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता तथा सञ्चालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादकलाई समेत यस परिभाषाले पत्रकार बनाएको छ । क्यामरापर्सन प्राविधिक व्यक्ति हो ।

पत्रकारको धन्दा नाम पबित्र काम अपवित्र यस्तै छ । हाम्रो समाज पत्रकारको काम समाजमा भएका कुरा प्रष्ट पारी जनतालाई न्याय दिलाउने हो तर पत्रकारले यसो गर्छ भन्दा पत्यार नलाग्न सक्छ ।

नपत्याउँ कसरी सिन्धुपाल्चोकमा भयो, यस्तै । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति पवित्रकुमार खड्काले पत्रकारको विल्ला भिर्दै तातोपानी नाकाका व्यापारीहरुबाट पत्रकार खड्काले मोटो रकम असुल्ने गरेको र यसरी आर्जन गर्ने पैसाले नै पत्रकार खड्काले जिविकोपार्जन गर्दै आइरहेको छ भन्दा तपाईलाई बिश्वास नलाग्ला तर खड्काको एकताका यस्तै धन्दा चल्थ्यो ।

तातोपानी नाकाका ब्यापारी तस्करीहरु सङ्ग रकम बार्गेनिङ गरि नदिए समाचार लेख्छु भन्दै खाने गरेका थिए । नाकाका धेरै ब्यापारी खड्का पीडित बनेका थिए । पुर्व अध्यक्ष तथा ब्यापारी अमृत खड्का यस्का पात्र हुन धेरै चोटि पैसा लग्यो उस्को दाइ बिदेश जादा राम्रै सहयोग गरे तर देख्दैन खाली पैसा लगेर लेखेर हैरान बनाउछ । विभिन्न सभा–समारोह तथा गोष्ठीहरुमा जिल्लाका पत्रकारहरुलाई आचारसंहिताको पाठ सिकाउन पछि नपर्ने पत्रकार खड्काको पछिल्लो क्रियाकलापले जिल्लाका पत्रकारहरुको सीर निहुरिने काम भएको छ ।

आस्था र निष्ठावान पत्रकारहरु माथि नै दाग लगाउने र औंला ठड्याउने काम सर्वसाधारणबाट हुन थालेका छन् । पत्रकारको विल्ला भिर्दै गलत क्रियाकलापमा लाग्ने खड्का जस्ता कलंकित पत्रकारकै कारण सर्वसाधारणले जिल्लामा पत्रकारहरुको खिल्ली उडाउन थालेका छन् । एकाध यस्ता पत्रकारकै कारण जिल्लाका स्वाभिमानी पत्रकारहरु लुकेर हिड्नु पर्ने अवस्था सिर्जना भएको छ ।

त्यसो त पत्रकार खड्का अहिले मात्र विवादमा परेका होइनन् । यसअघि पनि एक युवतीसँग अवैध सम्बन्ध राखेको घटनाले बदनाम भएका व्यक्ति हुन् । ती युवतीसँग मादकपदार्थ सेबन गरि लुकीछिपी रातीको समय यौन सम्बन्धका लागि जाने क्रममा घरको छतबाट खसेर पत्रकार खड्का सख्त घाईते भएका थिए । पछिल्लो समय ती युवतीसँगको सम्बन्ध तोडेर अर्का महिलासँग अवैध सम्बन्ध गाँस्दै आइरहेको निकट पुर्व प्रेस युनियन अध्यक्षले बताएको छ ।

जुनसुकै समय पनि परस्त्रीसँग अवैध सम्बन्ध राख्ने स्वभाव र व्यवहारकै कारण पत्रकार खड्काको परिवारमा ठूलो बेमेल रहेको निकट स्रोतले बताइएको छ । पत्रकार खड्काको व्यवहार र क्रियाकलापले वाक्क-दिक्क भएपछि यसअघि खडकाकी श्रीमतिले त्तकालिन गाविसको कार्यालयमा सम्बन्ध विच्छेद गराई पाऊँ भनी निवेदन समेत दिएको समाचार स्रोतले बताइएको छ । जन आस्था साप्ताहिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.