Advertisement

नयाँ वर्ष मनाउन फर्किनेको लर्काे : कारोना बढ्ने खतरा

0 663

Advertisement

२९ चैत, काठमाडाै । देशमा रोजगार नपाएपछि युवा रोजगारीका लागि विदेशिनु बाध्यता हो । अहिले कञ्चनपुरको सिमानाका गड्डा चौँकीबाट रोजगारी गरेर नयाँ वर्ष मनाउन घर फर्किनेको लर्को लागेको छ ।

तर, नयाँ वर्ष मनाउन घर फर्किनेहरुको व्यथा शब्दमा भन्न सकिँदैन । एकातिर कोरोनाको सन्त्रास त अर्कातिर व्यवसायीको चर्काे भाडाको मारमा फर्किनेहरु परेका छन् । नयाँ वर्षमा परिवारसँगै बसेर सुःख, दुःख साटासाट गर्न भारतको बैंगलोरबाट नयाँ वर्ष मनाउन आएका गंगाराम धमाला बताउछन् । एकातिर कोरोनाको सन्त्रास र अर्काेतर्फ भारतका यातायात ब्यवसायीले चर्को भाडासमेत असुल गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले सीमानाकामा भारतबाट फर्किने नेपालीलाई गन्तव्यसम्म सुरक्षित पुर्याउनका भारतीय सुरक्षाकर्मीसँग सम्पर्क गरिरहेको बताएका छन् । उनका अनुसार फर्किएकाहरुको स्वास्थ्य चेकजाँचका हेल्प डेस्कसमेत स्थापना गरिएको छ ।

अहिले भारतमा कोरोना सक्रमण बढ्दो छ । त्यसो त भारतबाट फर्किने नेपालीमा अहिले कारोना सक्रमण देखिएकाले गड्डाचौकी सिमानाकामा फर्किने नेपालीको स्वास्थ्य परीक्षण सामान्य रुपमा भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार भन्छन्, ‘सामान्य स्वास्थ्य चेकजाच गरी नेपाल भित्राइएको छ ।’

भारतमा बढ्दै गइरहेको कोरोना सक्रमणलाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि सीमामा कोरोना संक्रमण छ कि छैन्ने भन्नेमा एन्टिेजन परीक्षणको संख्यालाई बढाउनुपर्ने देखिएको छ । यसो गरिएको खण्डमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई प्राथमिक रुपमै नियन्त्रणमा लिएर कोरोना संक्रमणबाट टाढा रहन सकिने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनार बताउछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.