Advertisement

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : कांग्रेसका नेता प्रकाशमान सिंह

0 1,063

Advertisement

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताउनुभयो

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उहाँको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैं देश र जनताको हितमा काम गरेको स्मरणसमेत गर्नुभयो । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.