Advertisement

डिष्ट्रिक ३२५ ए२का जीएलटी मल्टिपल एरिया लीडर तथा पीडिजी लायन शम्भुप्रसाद घिमिरेको अन्तराष्ट्रिय निर्देशकमा उम्मेदवारी

0 516

Advertisement

२९ चैत, काठमाडौं । विश्वभर सञ्जाल भएको संस्था लायन्स क्लव अन्तर्राष्ट्रियको निर्देशकमा सबैलाई साथ लिएर हिंड्ने मृदु भाषी सालीन व्यक्तित्वका धनि जीएलटी मल्टिपल एरिया लीडर तथा पीडिजी लायन शम्भुप्रसाद घिमिरेले उम्मेद्धवारी दिनुभएको छ ।

लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए२ को तर्फबाट लायन घिमीरेको निर्देशकमा उम्मेदवारी परेको हो । रामेछाप लायन्स क्लव होम क्लवका घिमिरेले रामेछाप जिल्लामा समाजसेवाका क्षेत्रमा धेरै कामहरु भएका छन ।

लायन लीडर घिमीरेको पहलमा रामेछाप जिल्लाका सबै गाँउ र नगरमा यस क्लवले समाजसेवाका धेरै राम्रा कामहरु गरेका उदाहरणहरु रामेछाप जिल्ला मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले डिजिटल खबरलाई बताउनु भयाे ।

तामाकोशी सेवा समिति, रामेछाप अस्पताल, रामेछाप जिल्लाका धेरै सामुदायीक स्कुलहरुका विद्यार्थीहरुलाई स्कुल झोला लगायत विद्यार्थीहरुका लागि कपि, कलम न्यानो लुगा तथा बिभिन्न सामाग्रीहरु समेत वितरण गरेर यो क्लवले रामेछाप जिल्लाका धेरै दुःखी र पिछडिएकाहरुको मनमनमा बस्न सफल हुनु भएकाे छ । यसका लागि लायन्स लिडर शम्भु प्रसाद घिमीरेको अतुलनिय योगदान रहेको छ ।

जीएलटी मल्टिपल एरिया लीडर तथा पीडिजी लायन लीडर शम्भुप्रसाद घिमिरे ज्यू लाई अन्तराष्ट्रिय निर्देशक तथा सबै अन्तराष्ट्रिय उमेदवारहरुलाई सफलताकाे लागी शुभकामना ।

लायन्स क्लब रामेछापको नियमित बैठक

लायन्स क्लब रामेछापद्वारा एैतिहासिक र सहासिक निर्णय गरेकाे छ । लायन्स क्लब रामेछापको नियमित बैठक काठमाडौंको धुम्बराही स्थित दियो पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

लायन्स क्लवहरु खुल्ने र बन्द हुने यो नियति भोग्दै आएका लायन्सहरुको समस्यालाई दिर्घकालिनरुपमा कसरी समाधान गर्ने विषय सोचनिय बनेको अवस्थामा लायन लीडर शम्भुप्रसाद धिमीरेले क्लव आर्थिक रुपले सवल बनाउनका लागि क्लबको अक्षय कोष निर्माण गर्ने र त्यसका लागि प्रत्येक सदस्यहरुले आजिवन क्लब सदस्य रहनेगरि एक लाख अक्षय कोषमा जम्मा गर्ने प्रस्ताव राख्नु भएको थियो । उहाँको प्रस्तावलाई क्लबको बैठकले पास गर्दै त्यसको थालनी समेत गरेको कुरा स्वमं लायन लीडर घिमीरेले डिजिटल खबरलाई बताउनु भयाे।

लायन्स क्लब रोमेछापको यस्तो प्रयास र थालनीसंगै क्लवहरु खुल्ने र बन्द हुने नियति भोग्दै आएका लायन्सहरुले अब लायन्स क्लवलाई पनि आर्थिक रुपले सवल बनाएर लैजाने तयारी गर्दै गरेका छन ।

लायन्स क्लवहरुको इतिहासमा गर्भनर भईसकेका लायन्स लिडरहरुको देहावशान पछि क्लवहरुको पनि सँगसँगै अन्त हुने एउटा गम्भीर समस्या देखिएको छ । त्यस कारण अब यस्तो समस्या नहोस भन्ने हिसावले रामेछाप लायन्स क्लवले एउटा एैतिहासिक सहास गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.