Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सीमनाकाहरुमा गरिएको चेकजाँच फितलो, भारतबाट फर्कनेको लर्को,

0 96

२९ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमणको दर उच्च बनेपछि नेपाल फर्कनेहरुको ताँती नै लाग्न थालेको छ । मुलुकका प्रमुख सीमानाकाहरुमा हरेक दिन फर्कनेहरुको लर्को लाग्दा सीमावर्ती शहर र देशका बिभिन्न भागमा कोरोना संक्रमण जोखिमको बढेको छ ।

सीमानाकामा स्वास्थ्य चेकजाँचको व्यवस्था भएपनि संक्रमितहरु प्रवेश गर्न सक्ने धेरै बाटोहरु रहेकोले थप सतर्क बन्नु पर्ने अवस्था आएको छ । सीमानाकाहरुमा गरिएको परीक्षणमा हालसम्म ५० बढीमा संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जको जमुनाह नाकाबाट फकर्ने नेपालीहरुको संख्या हरेक दिन बढिरहेको छ । यो नाकाबाट पछिल्लो एकसातामा ४ हजार ४ सय ३५ नेपालीसहित केही भारतीय नागरिक नेपाल प्रवेश गरेका छन् । यसरी फर्कनेहरुमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कले जनाएको छ ।

उता बीरगञ्जको भन्सार नाका भएर भित्रनेहरुको संख्या पनि उस्तै छ । बीरगञ्ज भन्सार नाकामा स्वास्थ्य परीक्षण कार्यलाई तीब्रता दिइएको छ । दैनिक हजारौंको संख्यामा यात्रुहरु भारतबाट आउने गरेतापनि ३ देखि ५ सयको हाराहारीमा साधारण चेकजाँच गर्ने गरिएको छ । यसरी आउनेहरुमा गरिएको परीक्षणबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना रोकथाम र नियन्त्रणको लागि भन्दै विगत एक बर्ष देखि विराटनगर स्थित नेपाल भारत सीमा जोगवनी नाका बन्द गरिएको छ । यही नाका भएर अहिले दैनिक ५ देखि १० जनासम्म नेपाल प्रवेश गरिरहेका छन् ।

यता सिरहाको माडर नाकाबाट पछिल्लो एक सातामा नाका हुँदै ३ सय २३ जना नेपाल जना नेपाल प्रवेश गरेका छन् ।

यस्तै भारतसँग सीमा जोडिएको मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियामा भने स्वास्थ्य मापदण्डविनै आउजाउ बढ्दो छ । सुनौली–भैरहवा नाकामा स्थापना गरिएको हेल्थडेस्कमा आवश्यकता अनुसारको जनशक्तिसमेत छैन ।

बेलहिया नाकाबाट मात्रै दैनिक ५ सय बढी मालबाहक गाडी नेपाल भित्रिन्छन् । ती गाडीका चालक र सहचालकको तापक्रमसमेत जाँच हुँदैन । पछिल्लो एक सातामा ४ हजार बढी रोजगारीका लागि भारत पुगेका नेपालीहरु फर्किएका छन् ।

शनिबार मात्रै करिब ४ सय नेपाली स्वदेश फर्किएका छन् । अहिलेसम्म तापक्रम बढी देखिएका ५० जनाको एन्टीजिन जाँच गरिएको छ । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा पछिल्लो एक सातामा २९ जना कोरोना संक्रमित भेटिएका छन् । यस सीमानाकाबाट एक हप्तामा ६ हजार ८ सय ५ जना नेपाली नेपाल भित्रिएका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.