Advertisement

लक्ष्मी ट्राभलकाे ठगी काण्ड, पिडित भन्छन सान्त्वना पाइयाे तत्कालीन सहयाेग पाइएन

0 1,577

Advertisement

याेगेन्द्र खरेल

२७ चैत, लिस्वाेन पाेर्चुगल ।
पाेर्चुगलकाे लिस्वाेन स्थित लक्ष्मी ट्राभलकाे ठगि काण्ड केही समय अगाडि देखि प्रदाफास हुँदै आइरहेकाे थियाे । केही समय अगाडि पनि सेवाग्राहीलाई ठगेकाे भन्ने समाचार केही अनलाइन मिडियाहरुले सप्रमाण बाहिर ल्याएका थिए । तर त्यति खेर उक्त ट्राभल एजेन्सीलाई कुनै कार्वाही भएन । किन र कसरी उक्त घटनाका दाेषिलाई कारवाही गरिएन भन्ने कुरामा अझै अन्याेलता नै छ । उक्त ट्राभल का मालिक बिक्रम जंग कुवर एनआरएनए पाेर्चुगलका काेषाध्यक्ष समेत रहेकाले, एनआरएनए कै मिलिमाेताे मा उक्त काण्ड थामथुम पारियाे भन्ने शंका सर्वत्र उठ्ने गरेकाे पाइन्छ । यथार्थ के हाे त्याे अझै बाहिर आइसकेकाे छैन ।

याेगेन्द्र खरेल, लिस्वाेन पाेर्चुगल

आफ्नै संस्थामा आबद्ध ब्यक्तिकाे बारे त्यति सम्म कुरा उठेपछि आवश्यक छानबिनमा चासाे नदिएको कारण , आम नागरिक एनआरएनए प्रति आक्राेशित हुनु स्वाभाविक नै हाे । सायद त्यति बेला आवश्यक कार्वाहि हुन सकेकाे भए आज दर्जनाै नेपालिहरु ठगिने दिन आउदैन थियाे हाेला भन्ने आमनागरिकहरुकाे बुझाइ स्वभाविक नै छ ।

उक्त घटना सेलाउन नपाउदै साेहि ट्राभल एजेन्सि र उक्त एजेन्सिका मालिककाे आवश्यकता भन्दा बढि महिमा गाएर समाचार यहाँ बाट सन्चालित केही अनलाइन पत्रिकाहरुले प्रशारण गरेका र यसले आम नागरिकमा भ्रम सृजना भएकाे भन्ने एक थरिकाे बुझाइ छ । सायद यहि बुझाइकाे कारण अहिले पत्रकारहरु समेत एकअर्कालाई आराेपप्रत्याराेप मा उत्रेकाे पाइन्छ । जुन समग्र पत्रकारहरुकाे लागि राम्रो हाेईन । बिज्ञापन पाउने आशा वा अन्य स्वार्थका कारण विवादित मान्छेकाे बारे प्रशंसा गर्दै समाचार सम्प्रेषण गर्नु पत्रकारिताकाे धर्म भित्र पर्दैन , यसमा सबै पत्रकारहरु सचेत हुन जरुरि देखिन्छ नै ।

अहिले जुन संख्यामा लक्ष्मी ट्राभलले नेपालिहरुलाइ ठगि गरिरहेकाे छ ,यस घटनालाइ सामान्य रुपमा लिनु हुदैन । यस घटनालाइ यस्ताे बिन्दुमा पुर्याउनु पर्छ कि अब आइन्दा कुनै संस्था वा व्यक्ति ले कसै प्रति ठगि गर्ने बारे साेच्न पनि नसकाेस ।

अब यसलाई सम्यमित भइ आपसी तितामिठाहरुलाई एक्कै छिन थाति राखेर पाेर्चुगलमा सक्रिय सबै संघ संस्थाहरु एकजुट भई याे घटना संगसंगै यस्ता प्रकारका प्रवृत्तिहरुकाे जरैदेखि उखेल्ने प्रयास गर्नु पर्ने देखिन्छ । अब यस घटनाका तत्कालीन र दिर्घकालिन याेजना बनाइ अघि बढ्नु नितान्त आवश्यक देखिन्छ । धेरै जसाे पिडितहरु काम र काेठा दुबै छाेडेकाे ले तत्कालीन रुपमा उनिहरुलाई सकुशल नेपाल जाने वातावरण मिलाउनु पर्ने हुन्छ । यसकाे लागि एनआरएन पाेर्चुगल , बिभिन्न जिल्लाका सम्पर्क समाजहरु , राजनीतिकदलका भातृसंघसंस्थाहरु र सम्पूर्ण सक्रिय संस्थाहरुले आर्थिक सहायता गर्नुपर्ने देखिन्छ । अन्यथा ठगिमा परेका पिडितहरु थप समस्यामा पर्ने देखिन्छ , अहिले न त उनिहरु संग काम छ न त बस्ने ठाउँ । त्यसैले पहिलाे कदम भनेकाे पिडितहरुकाे उद्दार नै हुनुपर्ने देखिन्छ ।

संगसंगै यस ठगि प्रकरणमा संगलग्न ट्राभल एजेन्सि र उक्त एजेन्सिका मालिक लाई कानुनी दायरामा ल्याउने कडा भन्दा कडा कार्वाही गर्ने र पिडितहरुलाई क्षतिपूर्ति दिलाउने प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाउनु पर्ने देखिन्छ । तर पिडितहरु आफुहरु प्रति संघसंस्थाहरुले सहानुभूति देखाए पनि सहयाेग गर्ने ठाेस कदम नचालेकाेमा संघसंस्थाहरु प्रति असन्तुष्ट देखिन्छन ।

यस घटनामा ठगिएका मानिसहरुलाई सहानुभूति संगसंगै तत्कालीन सहयाेग काे खाचाे छ, याे कुनै एक व्यक्ति ले गर्न सक्दैन यसका लागि यहाँ स्थित सम्पूर्ण सक्रिय संघसंस्थाहरु ले उदारतापुर्व साेच्नुपर्ने र उपयुक्त समयमा उपयुुक्त कदम चाल्नु पर्ने हुन्छ । र ठगि प्रकरणमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने हुन्छ यसकाे लागि पनि सम्पूर्ण संघसंस्थाहरु एकजुट हुनुपर्ने देखिन्छ । आम नेपालीहरुकाे नजरमा विश्वास गुमाउँदै गइरहेका एनआरएन लगायत संघ संस्था हरुले यस घटनामा उपयुक्त निर्णय गर्न सकेमा नेपालीहरुकाे विश्वास पनि क्रमशः जित्दै जाने अबस्थामा रहन्छ । अन्यथा संघसंस्थामा आबद्ध पदाधिकारीहरु नै अबिस्वासकाे पात्र बन्न सक्ने देखिन्छ ।

यस्ताे अवस्था सृजना हुदा गलत प्रवृत्ति भएका मानिसहरु थप बलिया हुँदै जाने र नेपालीहरु दिनप्रतिदिन नेपालीहरु बाटै ठगिने दिन आउन धेरै समय लाग्दैन ।

यस्ताे विषम परिस्थितिमा एकले अर्काेलाई आराेपप्रत्याराेबाट गर्नु भन्दा सबै निकायहरुले मिलेर दाेषिलाई कार्वाही र पिडितलाई राहत दिलाउने तर्फ लाग्नु नै उपयुक्त देखिन्छ । हामिहरु एकआपसमा भिड्दा दाेषिले उन्मुक्ति पाउने अवसर पायाे भने यसकाे दाेषि हामी सबै हुनेछाै र यसकाे ठुलाे मूल्य नेपाली समुदाय ले चुकाउनु पर्ने हुनसक्छ । वर्तमान अवस्थामा यस घटनाका दाेषिलाइ आवश्यक कार्वाही संगसंगै यी र यस्ता ठगि प्रवृत्तिहरु जरैदेखि उखेलेर फाल्नुलाई मुख्य चुनाैतिकाे रुपमा लिइ कडा कदम चाल्नु नै आवश्यक देखिन्छ ।

हाे हाम्रा बिचमा धेरै विमतिहरु हाेलान , ती विमतिहरुलाइ याे विषम परिस्थितिमा अगाडि सार्दा दाेषिले कार्वाहीबाट उन्मुक्ति पाउने र पिडितहरुले न्याय नपाउने अबस्था सृजना हुनसक्दछ । त्यसैले यस बिषयमा सबै जना गम्भीर भई अगाडि बढ्नु नै उपयुक्त हुन्छ । साँढेकाे जुधाइ बाख्राकाे मिचाइ नहाेस ।

सबैकाे पाेर्चुगल बसाइँ सुखद हाेस । देश जय नेपाल

याे पनि हेर्नुहाेस् : लिस्वाेनकाे लक्ष्मि ट्राभल ले नक्कली हवाई टिकट बेचेकाे खुलासा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.