Advertisement

न्यु डाईमण्ड स्पोर्ट्स क्लब र हेल्प नेपाल क्लबलाई भलिबल उपाधि

0 556

Advertisement

२६ चैत, काठमाण्डौ । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि न्यु डाईमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो । सुरुवाती सेट पुलिसले २५–२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाईमण्डले २५–११ र २५–१९ ले जित्यो ।

तर, चौंथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो । त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५–११ को जित निकाल्दै न्यु डाईमण्डले उपाधि आफ्नो बनायो । उपाधिसँगै न्यु डाईमण्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । बिहीबार नै भएको हेल्पले फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकालेको थियो । उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले १ लाख ७५ हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो । महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.