Advertisement

अवैध रुपमा ल्याउँदै गरेका जडिबुटी सहित पक्राउ

0 852

Advertisement


२६ चैत, धादिङ । खनियावास गाउँपालिका-३ दामन-पाख्रीन सडकबाट अवैध रुपमा ल्याउँदै गरेका विभिन्न जडिबुटी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खनियावास गाउँपालिका-२ बस्ने ३५ वर्षीय रामकुमार तामाङ र सोही गाउँपालिका-३ बस्ने ४७ वर्षीय उद्धब सिं तामाङ रहेका छन् ।

डुण्डुरेबाट धादिङबेसीतर्फ आउँदै गरेको बा.५ ख ६३४५ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेका ३ सय ५९ किलोग्राम मजिठो, १ हजार १४ किलोग्राम पाखनबेद, १७ किलोग्राम चिराईतो र ८ किलोग्राम कालीकाठ दाना (कालीदाना) जडिबुटी फेला पारी चालक रामकुमार र उद्धबलाई पक्राउ गरेको हो ।

उनीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.