Advertisement

एमाले प्रवेश गरेलगत्तै उद्योगी प्रधानलाई निगममा उपहार

0 697

Advertisement

२५ चैत, काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकालले व्यवसायी किशोर प्रधानलाई नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यमा नियुक्त गरेका छन् । प्रधान विराटनगरमा आफ्नो उद्योगको कर समेत तिर्न नसकेर टाट पल्टिई सबै सम्पत्ति लिलाम भएका नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए ।

प्रधानलाई मंगलबार सञ्चालक समितिमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जनाएको छ । गत चैत ६ गते आफूसहित दुई सय ३५ जना उद्योगीहरूलाई प्रधानमन्त्रीको हातबाट टीका लगाएर एमाले प्रवेश गराउन महत्वपूर्ण भूमिका खेलेबापत प्रधानलाई ओली सरकारले पुरस्कारस्वरुप सो नियुक्ति दिएको हो ।

प्रधानले आफूसहित कांग्रेसका सभासद समेत भएका दिवाकर गोल्छाका छोरा तथा एफएनसीसीआईका वर्तमान अध्यक्ष शेखर गोल्छाका भतिजा हितेश गोल्छा, ललित अग्रवाल, सीताराम अग्रवाल, कृष्ण प्रसाईं, नरेन्द्र गुप्ता, ओमप्रकाश वंशल, जुगल किशोर धनावतलगायत दुई सय ३५ जनालाई एमालेमा प्रवेश गराएका थिए ।

प्रधानमन्त्रीको हातबाट एकैसाथ दुई सय ३५ जना व्यवसायी एमाले पाटीमा प्रवेश गरेको भोलिपल्ट अर्का व्यवसायी राजेश अग्रवाल सुटुक्क सोही पाटीमा प्रवेश गरेका छन् । (आर्थिक दैनिकबाट)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.