Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कांग्रेसद्वारा नेता नविन्द्र राज जोशी को १३ औं दिनको पुण्य तिथिमा आयोजना गर्यो श्रद्धाञ्जली सभा

0 65

लक्ष्मण फुयाल

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेता नविन्द्र राज जोशीको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको छ ।

आज दिउँसो १ बजेर ४० मिनेट देखी भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहको हलमा नेपाली काङ्ग्रेस काठमाडौ जिल्ला कार्य समिति र क्षेत्रीय कार्य समिती क्षेत्र न.८ काठमाडौ को संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

नविन्द्र राज जोसी नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व मन्त्री,संविधान सभा सदस्य, संसदीय दलको पूर्व प्रवक्ता, का.म.पा. संस्थापक उपमेयर, गणेशमान सिंह अध्ययन प्रतिष्ठान सस्थापक अध्यक्ष, ने.वि.संघ पूर्व महामन्त्री, नेपाली जनता माझ लोकप्रिय, इमान्दार तथा निष्ठावान व्यक्त्तित्वका रुपमा सवैमाजमा लोकप्रिय रहेका थिए । उनले नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गरेका थिए ।

नेता नविन्द्र राज जोशी को १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा सभापतिका रुपमा कृष्ण बानियाँ सबुज (सभापति नेपाली काङ्ग्रेस काठमाडौ जिल्ला कार्य समिती रहेका थिए । साथै श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपस्थित भएका थिए ।

उक्त कार्यक्रमा विशेष अतिथिहरुका रुपमा कांग्रेसका कृष्ण सिटौला (पूर्व महामन्त्री नेता नेपाली काङ्ग्रेस ) लगायत अन्य अतिथीहरुमा प्रकाशमान सिंह (पूर्व महामन्त्री नेपाली काङ्ग्रेस),अम्बिका बस्नेत के.सी नेता तथा कार्यकर्ताहरुको बाक्लै उपस्थित रहेको छ ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेता स्व नविन्द्र राज जोसीका परिवारहरुमा दाजु राजुराज जोशी छोरी निरिता जोशी तथा भिमसेनदास प्रधान (पूर्व रक्षामन्त्री) लगायत कांग्रेसका शुभचिन्तक कार्यकर्ताहरु उपस्थित जनाएका थिए ।

फाइल फोटो : स्व नेविन्द्र राज जोसी नेता नेपाली कांग्रेस



- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.