Advertisement

नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान काएमै, ६५ प्रतिशत मत खसेको अनुमान

0 872

Advertisement

२५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पत्रकारहरुको छाता संगठन महासंघको केन्द्रीय, प्रादेशिक र स्थानीय तहको नेतृत्व छनोटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान साँझ ४ बजेसम्म चल्ने नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन मार्फत केन्द्र, प्रदेश र जिल्ला शाखाहरुमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा देशभरीबाट दिउसो ३ बजेसम्ममा ६५ प्रतिशत मत खसेको नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसपटक केन्द्रीय अध्यक्ष पदका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन् । पोखरेल नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल–नेपाल) समूहसहितका विभिन्न ११ वटा संगठनका तर्फबाट उम्मेदवार बनेका हुन् । त्यस्तै निर्मला शर्मा प्रेस चौतारी(ओली समूह) र बुढाथोकी स्वतन्त्र रुपमा अध्यक्षको दौडमा रहेका छन् । मतदानका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था रहेको समितिले जनाएको छ ।

यस पटकको निर्वाचनमा आ–आफ्नो प्रदेशबाटै केन्द्रीय नेतृत्वलाई मत दिन मिल्ने व्यवस्था गरिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा प्रतिष्ठान सदस्यका लागि विभिन्न १९ वटा मतदान केन्द्र तोकिएको छ । त्यस्तै एसोसियट सदस्यका लागि दशरथ रंगशालामा मतदान केन्द्र तोकिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.