Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, दशदिन विद्यालय बन्द

0 25

२५ चैत, बागलुङ । बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो । उहाँले दुई जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका छ जना विद्यार्थीको पनि स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.