Advertisement

डढेलो नै वायु प्रदूषणको मुख्य कारक !

0 291

Advertisement

२५ चैत, काठमाडौं । विगतका वर्षहरु भन्दा यसबर्ष नेपालमा वायु प्रदूषण अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । प्रदूषण बढेपछि काठमाडौँ संसारकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । नेपालमा १४ गुणा बढी डढेलो लागेको कारण प्रदूषण अत्यधिक बढेको विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यको दृष्टिकोणले एयर क्वालिटी इन्डेक्स ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । तर, यतिबेला नेपालको एयर क्वालिटी इन्डेक्स २ सय ६० भन्दा माथि छ । जुन वायु प्रदूषणको खतरनाक तह हो ।

गत महिनादेखिको तथ्याङ्क हेर्ने हो भने काठमाडौंमा वायुको गुणस्तर खतरनाक तह अर्थात् ३०० भन्दा उच्च देखिएको छ । लामो समयदेखि आकाशमा तुवाँलो देखिनु र मौसम स्थिर र खराब देखिनुको कारण हावा अत्यधिक प्रदुषित भएको हो ।

हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिना अगावै डढेलो र आगलागी सुरु भएको थियो । अहिले काठमाडौं लगायत देशका मुख्य भागहरुमा समेत अत्यधिक वायु प्रदुषण छ । अहिले देखिएको अत्यधिक वायु प्रदूषणको कारण आगलागी र डढेलो नै भएको वातावरण विभागले जनाएको छ ।

६ महिनाको तथ्याङ्क अनुसार ७३ जिल्लामा २,७०० डढेलोका घटना देखिएका छन् । नेपालमा प्रि–मनसुनको समय सुरु भइसकेपछि पनि यो वर्ष एकदमै न्यून वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना छैन ।
यसले गर्दा तत्काल वायु प्रदूषण कायमै रहन्छ ।

वायु प्रदूषणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने र दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या देखिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

वायु प्रदूषण नियन्त्रण गर्न फोहोर नजलाउने, पुराना सवारी साधन नचलाउने र न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक छ । वायु प्रदूषणबाट बच्न अत्यावश्यक नपरी घर बाहिर ननिस्किन र मास्कको प्रयोग अनिवार्य गर्न वातावरण बिभागको अनुरोध छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.