Advertisement

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन महासंघका पूर्वअध्यक्षहरुको आह्वान

0 416

Advertisement

२५ चैत, काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने २६ औं महाधिवेशनको निर्वाचन कार्यक्रममा उत्साहपूर्व सहभागी हुन महासंघका पूर्व अध्यक्ष (पूर्व सभापति)हरुले आह्वान गरेका छन् । मंगलबार महासंघका पूर्व अध्यक्ष एवम् पूर्वसभापतिहरू हरिहर विरही, किशोर नेपाल, डा.सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले संयुक्त विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । उनीहरुले यो पटकको निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउँदै महासंघका सम्पूर्ण सदस्यहरुलाई निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन् ।

पूर्व अध्यक्षहरुले महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुलाई शुभकामना दिँदै अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्न र प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल र सार्थक बनाउनु यतिबेलाको प्रमुख दायित्व रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छः ‘वास्तवमा प्रेस स्वतन्त्रताको संरक्षण, यसको व्यवसायिक सुदृढिकरण र आम पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा तथा पत्रकारिताका अनेक निर्भीक माध्याममार्फत लोकतान्त्रिक प्रणालीको जीवन्तताका लागि सक्रिय योगदान केबल पत्रकारहरुको चासो मात्र नभई आम नागरिकहरुको सरोकार रहनुपर्ने विषय हुन् । महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशावोध गर्न सक्ने बनाइराख्न आवश्यक छ ।’

प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी घेरामा रहेको बताउँदै उनीहरुले यसको रक्षाका लागि महासंघको सबै तहमा जुझारु र निष्ठावान नेतृत्वको आवश्यक रहेको बताएका छन् । बुधबार एकैपटक महासंघको केन्द्रीय, प्रदेश, जिल्ला एवम् प्रतिष्ठान तहको नेतृत्वका लागि निर्वाचन हुँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.