Advertisement

ट्याङ्की फुटेर दुईजनाको मृत्यु

0 1,121

Advertisement

२४ चैत, बझाङ। बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो ।

पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।

अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए। उनले भने, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.