Advertisement

मुख्यमन्त्री शाहीको प्रस्ताव: अन्तिम क्याबिनेट बैठक बस्न मन्त्रीहरूलाई आग्रह

0 454

Advertisement

२४ चैत, कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन् ।

नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज राजीनामा दिन लागेका हुन्। आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका छन्।

’हामीले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छौं। मुख्यमन्त्रीज्यूले अन्तिम पटक क्याबिनेट बैठक बसौं न भन्नु भएकाले हामी बैठकमा जाँदैछौं,’ अर्थमन्त्री प्रकाश ज्वालाले भने,‘बैठकपछि राजीनामा बुझाउँछौं।’ शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्। एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीको मन्त्रिपरिषद पनि अल्पमतमा पर्नेछ। त्यसपछि उनी सत्तामा टिकिरहने सम्भावना छैन।

यसअघि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरिएको थियो। उक्त निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन्। केही सांसदले समर्थन कायमै रहेको बताउँदै आएको थिए। आइतबारको बैठकमा भने दुबै पक्षका १९ जना सांसद सहभागी थिए। समर्थन फिर्ता लिने काम त अस्ति नै भइसकेको थियो, अब बाटो प्रशस्त गर्नुस् भन्ने अनुरोध मुख्यमन्त्रीलाई गरिएको छ, पहिले भएको समर्थन फिर्ताको निर्णयप्रति असहमति राख्दै आएका एक सांसदले भने ।

चैत ५ गते नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई संसदबाट विश्वासको मत लिन भनिसकेका थिए। ४ गतेको एमाले संसदीय दलको बैठकले गरेको समर्थन फिर्ताको निर्णय चैत ५ गतेदेखि लागु गर्ने भनिएको छ।

संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसदमा विश्वासको मत लिनका लागि सरकार प्रमुखले प्रस्ताव गरिसक्नुपर्छ। २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको एकताको पूर्वतयारीका बेला कर्णालीमा रहेका २० जना एमाले सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.