Advertisement

बेत्रावती(गोसाइकुण्ड) रणनीतिक सडक निर्माणमा सांसद आचार्यको योगदान

0 752

Advertisement

२४ चैत, रसुवा । नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ ।

प्रतिनिधीसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउवारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर– सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो ।

सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो ।
“समृद्ध रसुवा– सुखी रसुवाबासी निर्माणका लागि आफुले योगदान गरिरहने सांसद आचार्यले बताए ।

सांसद आचार्यले विस २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोवाटो–ठूलोगाउँ–हाकु–गत्लाङ सडक तथा स्याउबारी–आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत संम्बन्धित निकायमा पत्राचार गर्नु भएको छ ।

उता, बोगटिटार हुदै नौकुण्ड जाने सडक मा केहि समय अघि मात्रै ४ वटा पक्कि पुलको टेन्डर भैसकेको छ।
ती पुलको निर्माण तोकिएको समयमै हुने सांसद आचार्यले जानकारी दिनु भयो।
उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्य पूरा गर्ने सम्बन्धमा मोहन आचार्यको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिनु भयो ।

रसुवामा पनि विकासमा पछाडी परेको नौकुण्ड गाउँपालिकामा ग्रामिण बस्ति हुँदै गोसाईकुण्ड जाने मोटर बाटो बन्दा यस क्षेत्रको विकास र रसुवाकै विकासमा ठूलो योगदान पुग्ने स्थानीय जनप्रतिनिधि नौकुण्ड गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष धर्म तामाङले बताउनु भयो।
यो रणनितिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रबर्धनमा समेत उल्लेखनिय योगदान दिने हुदा यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत यसले सहयोग पुर्याउने स्थानीय वागेल थोक्राले बताउनु भयो ।

उक्त सडक निर्माणकालागी ६० करोड रुपैयाँ बजेट विनियोजन समेत भै सकेको भन्दै प्रदेश सभासद प्रेम तामाङले सांसद मोहन आचार्यको निरन्तरको प्रयासबाट यो सम्भब भएको बताउनु भयो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.