Advertisement

काठमाडौंका उपत्यका प्रवेश नाकामा एन्टिजेन्ट परीक्षण गर्न हेल्थ डेस्क राखिने

0 438

Advertisement

२४ चैत, काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन्ट परीक्षणका लागि हेल्थ डेस्क राखिने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसी), काठमाडौंकाे बैठकले जिल्ला प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच र एन्टिजेन्ट परीक्षणका लागि हेल्थ डेस्क स्थापना गर्न सम्बन्धित नगरपालिकालाई निर्देशन दिएको छ। बैठक जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको हाे।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले नाकामा हेल्थ डेस्क स्थापना भएपछि जिल्ला प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टिजेन्ट परीक्षण गर्ने जानकारी दिए।

‘एन्टिजेन्ट परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पिसिआर परीक्षणका लागि स्वाब संकलनका लागि पठाइने छ,’ डिसिएमसीको निर्णयमा भनिएको छ।

यस्तै, डिसिएमसीले काठमाडौंको महानगरपालिका र नगरपालिकामा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक गर्न र नगरपालिकालाई आ–आफ्नो नगरपालिकाभित्र एक–एक वटा आइसोलेसन-क्वारेन्टिनको व्यवस्थापन गर्न निर्देशन दिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.