Advertisement

अपराधिले अदालतलाई नै झुक्यायो

0 1,028

Advertisement

२३ चैत्र, काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको थियाे ।

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो ।

फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी रु ६१ लाख बढीको चेक काटी दिएका थिए ।

अवैधरूपमा वन्यजन्तुको अङ्ग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाँैमा पठाइएको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला ९आखेटोपहार० सहित तीन जनालाई पक्राउ गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.