संकटाले मनाङलाई हरायो
२३ चैत, कास्की । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकपमा संकटा क्लब विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा संकटालाई जित दिलाउन फोफो माले निर्णायक गोल गरे । फोफोले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा भोली मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छन् । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस