Advertisement

बंगलादेशमा फेरी दुर्घटना हुँदा २६ जनाको मृत्यु

0 1,277

Advertisement

२३ चैत, एजेन्सी । बंगलादेशमा आइतबार ५० यात्रु बोकेको फेरी दुर्घटना भएको छ । राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्जस्थित शितालक्ष्य नदीमा मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुबेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।

आइतबार नारायणगञ्ज जिल्लाबाट छुटेको केही समयमा नै उक्त फेरी दुर्घटनामा परेको नारायणगञ्जका जिल्ला प्रशासक मुस्टेन बिल्लाहले बताए । केही मानिसहरु भने पौडिएर नदीबाट बाहिर निस्किन सफल भएका थिए ।

आइतबार राति ठूलो आँधी आउँदा दुर्घटनामा परेकाहरुको उद्धार कार्य पनि प्रभावित भएको थियो । सोमबारदेखि कोरोना संक्रमण नियन्त्रणको लागि बंगलादेशको सरकारले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । त्यसैले आइतबार धेरै मानिसहरु सहर छाडेर आफ्नो घर फर्किँदै थिए ।

आइतबार बंगलादेशमा कोरोना भाइरसका सात हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । बंगलादेशमा पर्याप्त सुरक्षाको मापदण्ड नअपनाइने गरिएकाले फेरी दुर्घटनामा परी सयौंको मृत्यु हुने गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.